बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्य

असल शासन प्रतिनिधि

नेपालगन्ज /बाँकेको बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्
बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर छन् ।गएराति सुधारगृहमा झडप भएको थियो । त्यसक्रममा प्रहरीले पनि नियन्त्रणको प्रयास गरेको थियो ।

घाइतेहरुलाई  नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो । ती घाइतेमध्ये पाँच जनाको उपचारको क्रममा मृत्यु भएको स्रोतले पुष्टि गरेको छ । घाइते दुई जनाको उपचार जारी छ ।

  • २५ भाद्र २०८२, बुधबार प्रकाशित

  • Nabintech