काठमाडौं / काठमाडौंकाे तीनकुनेमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ ।
प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार एउटै पासोमा झुण्डिएको अवस्थामा दुई जनाको शव भेटिएको हो ।
अन्दाजी ३०/३५ वर्षका महिला र पुरुषको शव भेटिएको छ । अहिले घटनास्थल गएर मुचुल्का गर्ने काम भइरहेको प्रहरीले बताएको छ ।









