घर भाडा खै ?

मेघा राना

नमस्ते दोहोरी साँझ एण्ड रेष्टुरेन्टको रुपमा नलेखी भएन । कुनै पनि व्यक्तिलाई कसैको बारेमा लेख्न त्यति रहर हुँदैन तर मान्छेलाई केही नलागेपछी विकल्प लिनैपर्ने रहेछ ।

कुरा डेढ वर्ष अगाडिको हो। Western Mart को top फ्लोरमा रहेको नमस्ते रोधी एण्ड दोहोरी रेस्टुरेन्टमा काम गर्ने केही कर्मचारीहरू त्यहाँको म्यानेजरले लिएर हाम्रो घरको सेकेन्ड फ्लोर चाहिँ भाडामा लिएका थिए । उनीहरु दुई महिनासम्म यहाँ बसे र एक एक जना गर्दै कर्मचारीहरुले बिस्तारै बिस्तारै कोठा छोड्दै गए ।उनीहरू सुरुमा बस्दा नै भनेका थिए कि यो घरभाडा चाहिँ दोहोरीको मान्छेहरुले दिन्छ भनेर दोहोरीको म्यानेजरै आएर कुरा गरेको हुनाले हामीले पनि विश्वास मान्यौ र तीनवटा रुम उनीहरुले प्रयोग गर्न थाले ।

सुरुमा त उनीहरूले फ्ल्याट नै लिन्छौं भनेर कुरा गरे र आठ आठ जना मात्रै आए पछि सबैजना फ्ल्याट लिँदैन भनेपछि तीनवटा रूम विभाजन गरेर बसे। त्यसपछि बीचमा उनीहरूले कोठा बिस्तारै खोज्दै गरेपछि हामीले उनीहरूसँग बुझ्दा उनीहरुलाई चाहिँ कुनै कर्मचारीलाई पनि साहुले तलब नदिने र काममा पनि एकदमै धेरै पेलान हुनुपर्ने भएर बताउँदै निस्किँदै गरेर पैसा चाहिँ म्यानेजरले दोहोरीको मान्छेहरुले नै दिन्छ भन्दै एक दुई जना गर्दै रुम छोडे।

त्यसपछि हामीले उनीहरुले त्यो भनेपछि म्यानेजर आएर कोठा भाडा दिनुहुन्छ होला भन्ने कुरा लाग्यो र हामीले पछि दुई महिनासम्म एउटा रूम हामीले उनीहरुकै सामान राखेर त्यो कोठा होल्ड गर्यौ तर उनीहरुको बाट कोही पनि व्यक्तिहरु आएन र हामी आफै दोहोरीमा गएर बुझ्न थाल्यौँ । दोहोरीमा गएर बुझ्दा खेरि म्यानेजरले अब पैसा लगिसकेको र त्यो म्यानेजरले जागिर छोडिसकेको कुरा बताए र पछि हामीले भाडा पाएको छैन तपाईंहरूको सामान एउटा बेड एउटा सिलिन्डर र एउटा कुकर एउटा कोठामा राख्देका छौ त्यो सामान पनि लिन आउनुस् र हाम्रो भाडा दिनुस् भन्दा पहिलाको म्यानेजरले यहाँबाट पैसा भाडा दिने भनेर लगिसकेको छ इन्ट्री भइसकेको छ दिन मिल्दैन पैँसा उसले हामीलाई दिएको छैन हामीले पाउनुपर्ने पैसा त पाउनुपर्यो। यतिकै पनि दुई महिना भनेर उनीहरु निस्केता पनि एकजना बहिनी चाहिँ ढाई महिनासम्म बसेर पछि मात्र निस्कनु भयो। र हामीले तपाईंको सामान पुरानो एउटा बिस्तारा १ तन्ना १ कुकर १ सिलिन्डर सुरक्षित राखिदिएका छौ ।

अब भन्नु यस्तो बेलामा मान्छेलाई के गर्ने न कसैको सहयोग लिन न कसैलाई केही भन्न सकिन्छ अनि मलाई सबभन्दा रिस उठेको कुरा त बुवालाई कहिले चेक लिएर बोलाउँछन् भोलि हाल्दिन्छ भनेर कहिले चाहिँ क्युआर माग्छन् है। अनि गयो अनि घरि के भनेर फर्काउँछन् घरि के भनेर फर्काउँछन् तीन चार दिन लगातार बुवालाई फर्काउने गरेको रहेछ अहिले त न फोन उठाउँछन् फोन काट्छन् फोन गर्दा र त्यहाँ जादा पनि भेटिन्नन। के गर्ने होला अब यस्तो बेलामा मैले चाहिँ त्यस्तो मान्छेलाई के गर्न सक्छु । पैसा थोरै किन नहोस् तर त्यो वनर मध्ये एक जनाले खाली टार्ने काम मात्र गर्ने ।

अरुलाइ यसरी कतिसम्म मानसिक तनाब दिन सक्छ हो कि कुरा स्पष्ट भन्नुपर्यो दिदैन भनेर त्यही मानसिकता बनाउने थिए होइन भने आफ्नो मेहनतको कमाइ जसलाइ पनि माया लाग्छ । नेपालगन्जको कसैको घरमा कोठा खोज्दै आयो भने कृपया होसियार रहनुहोला यस्ता ठगिखानेहरुदेखी ।

-घरबेटी, नेपालगन्ज

  • २६ भाद्र २०८२, बिहीबार प्रकाशित

  • Nabintech