फागुन २१ गते चुनाव घोषणा

असल शासन प्रतिनिधि

काठमाडौं / नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पाैडेलले  प्रतिनिधि सभा विघटनको निर्णय गरेका छन् । शुक्रबार मात्रै प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी हुन् ।

कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेका गर्दै प्रतिनिधि सभा विघटन गरेका छन् ।
प्रतिनिधि सभा विघटन संगै आगामी फागुन २१ गतेका लागि चुनावको मिति समेत तोकिएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले चुनावको मिति घोषणा गरेका हुन् ।

सुरुमा प्रधानमन्त्रीको शपथ गर्ने र त्यसपछि प्रतिनिधिसभा विघटन गर्ने सहमति भएपछि कार्की सहमत भएकी थिइन् ।
गत सोमबार र मंगलबार जेन–जी को आन्दोलनको बलमा कार्की प्रधानमन्त्री नियुक्त भएकी हुन् ।

  • २८ भाद्र २०८२, शनिबार प्रकाशित

  • Nabintech