खनाल अर्थ र घिसिङ ऊर्जामन्त्री

असल शासन प्रतिनिधि

काठमाडौं / प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिष विस्तार  गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा पु्र्व अर्थ सचिव रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो ।

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले उर्जासहित तीन मन्त्रालयको जिम्मेवारी पाएका छन् । घिसिङले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यसैगरी ओमप्रकाश अर्यालले कानुन तथा गृहमन्त्रालयकाे जिम्मेवारी पाएका छन् ।

 

  • २९ भाद्र २०८२, आईतवार प्रकाशित

  • Nabintech