
हिजोको दिनमा मानवबेचबिखन यौन ब्यबसाय गर्नका लागि भारतीय नाकाबाट पार गरेर सोझा केहि थाहा नपाएका किशोरी तथा महिलालाई कामको प्रलोभन देखाएर लग्ने गर्दथे भने अब मानव बेचबिखन बदलिदो तरिकाले भइरहेको छ । प्रविधिको बिकाससँगै यसले निम्त्याएको थुप्रै समस्याहरुबाट नेपालमा रहेका युवापिडीहरु फसिरहेका छन जसको फलस्वरुप नजानिदो ढँगबाट मानव बेचबिखन भैरहेको छ । सरल जीवन, धेरै पैसा कमाउने इच्छा, बैदेशिक रोजगारीको शिलशिला, घुम्न र बैदेशिक शिक्षाको प्रलोभनमा थुप्रै किशोरकिशोरीहरु अहिले भारत हुँदै तेस्रो मुलुक सम्म पुगेका छन् ।
– केशव कोइराला, प्रमुख, माईती नेपाल, नेपालगञ्ज

आज भोलि मानव बेचबिखन नँया तरिका अपनाएर भैरहेको छ । किशोरकिशोरीहरु अनलाइनमा ब्यस्त हुन्छन, बिभिन्न किसिमका अनलाइन गेमहरु खेल्छन फलस्वरुप अनलाइनमा नचिनेको मानिसलाई विश्वास गर्छन र प्रेम सम्बन्धमा फस्छन वा कसैको मीठो बोलीमा फस्छन र उनीहरुले भने अनुसार गर्ने हुँदा आफुलाई जोखिममा राखेर अरुको बहमा योजना बनाउने गर्छन र फस्ने गर्छन् । हामीले यो सम्बन्धि काम गर्दा करिब १८/१९ बर्ष देखि ३०/३५ का किशोरी तथा महिलाहरु पर्ने गर्छन । बैदेशिक रोजगारको प्रलोभनले गर्दा थुप्रै महिलाहरुले नक्कली डकुमेन्ट बनाएर बिभिन्न देशहरुमा जाने गर्छन जस्ले गर्दा उनीहरु बढि मानव बेचबिखनको जोखिममा गर्ने गर्दछन ।
– सुनिता सारु, प्रमुख, आफन्त नेपाल, नेपालगञ्ज

पहिले पहिले गरिबी,अशिक्षाका कारण मानव बेचबिखन हुने गर्दथ्यो तर आजकाल बेचबिखनको तरिका बदलिदो छ । आन्तरिक बेचबिखनका घटनाहरु थुप्रै आइरहेका छन्। पैसाको प्रलोभनमा पारि २० वर्ष मुनिका किशोरीहरुलाई काम गर्न भनि नेपालगंजमा पनि थुप्रै होटलहरुमा लगाइृदिने र पछि पैसा माग्दा यौन धन्दा गरेपछि मात्र पैसा मिल्छ भन्ने बिकल्प देखाउने गरेका छन र उतm कुरा मन नपर्दा थुप्रै किशोरीहरुले सहयोगका लागि हार गुहार गरेको अवस्थामा हामीले त्यस्तो केशमा काम गर्दै आइरहेका छौ । मानव बेचबिखनकै अर्को रुप भन्दा फरक नपर्ला यौनब्यबसाय । होटलले पनि पैसा कमाउने उदेश्यले काम दिन्छु भनेर थुप्रै किशोरीहरुलाई यौन धन्दामा संलग्न गराएका छन् ।
– अम्बिका पुन, प्रमुख, साना हातहरु, नेपालगञ्ज

पहिले पहिले चेलिबेटि बेचबिखन भनिन्थ्यो,तर २०६४ मा बदलिएको ऐनसँगै मानव बेचबिखन भनिएको छ । गाँउबाट आएका अशिक्षित किशोरी तथा महिला मात्र भारतमा यौन धन्दाको लागि बेचबिखन हुन्थ्यो भने अब आन्तरिक रुपमा डरलाग्दो तरिकाले मानव बेचबिखन भइरहेको छ । अहिले बदलिदो तरिकाले मानवलाई पैसाको प्रलोभन देखाएर बिभिन्न प्रयोजनका लागि प्रयोग गरिरहेका छन् । यौन कार्यका लागि मात्र नभएर, बालश्रम, अंग प्रत्यारोपन इत्यादिका लागि किनबेच गरिरहेका छन् । अहिले प्रबिधिसँगै धेरै बिकृति फैलिएको छ । पछिल्लो घटना अनुसार सोसल मिडियामा प्रयोग गर्नका लागि पनि किशोरीहरुलाई किनबेच भैइरहेको छ । भल्गर खालको कुरा गर्नका लागि कुनै एप बनाएर त्यसमा किशोरी बहिनीहरुलाई जोडिन लगाउने र जसले बढि समयसम्म आफु नागिँएर अरु अन्य पुरुषहरुलाई मनोरन्जन दिन्छन उनीहरुले बढि क्वाइन पाउने जस्ता कृयाकलाप मानब बेचबिखनको बदलिदो स्वरुप हो ।
– निर्मला पौडेल, प्रमुख, शक्ति नेपाल, नेपालगञ्ज









