बाँकेका प्रहरी प्रमुख फेरिए

घर्तीमगर सुर्खेत जाँदै, अंगुर जिसि बाँके आउँदै

असल शासन प्रतिनिधि

काठमाडौँ/ प्रहरी प्रधान कार्यलयले प्रहरी उपरीक्षक (एसपि) हरुको सरुवा गरेको छ ।

कार्यालयले ४८ प्रहरी प्रमुख सरुवा गरेको हो ।

मङ्गलबार गरिएको सरुवा बमोजिम बाँकेका प्रहरी प्रमुख राम प्रसाद घर्ती मगरको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्किने सरुवा भएको छ भने काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी उपरीक्षक अंगुर जिसिको बाँके सरुवा भएको छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा बनेपाबाट अनिल कुमार खड्कालाई मधेश प्रहरी गण जनकपुर पठाईएको छ । जिल्ला प्रहरी परिसर काठमाडौबाट अपिल राज बोहरालाई नेपाल प्रहरी सशस्त्र गण नक्साल पठाईएको छ ।

दाङका प्रहरी प्रमुख अर्जुन प्रसाद तिमिल्सिनालाई नेपाल प्रहरी प्रधान कार्यालय आतंकवाद प्रतिरोध संयन्त्र सचिवालय पठाईएको छ ।

कैलाली प्रहरी प्रमुख बालनरसिंह राणालाईनेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा बनेपा सरुवा गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन ईटहरीबाट बिनोद घिमिरेलाई प्रधान कार्यालयको कार्य बिभाग पठाइएको छ भने डोटीबाट बिनोद शर्मालाई प्रहरी प्रदेश कार्यालय कंचनपुर पठाईएको छ ।

मकवानपुरबाट बिश्वराज खड्कालाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन नक्साल सरुवा गरिएको छ ।

भक्तपुरबाट माधव प्रसाद बुढाथोकीलाई अन्तर्राष्ट्रिय बिमानस्थल रुपन्देही सरुवा गरिएको छ ।

पूर्वी नवलपरासीबाट यादव ढकाललाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले उनीहरु सहित ४८ जनाको सरुवा गरेको छ ।

  • १ आश्विन २०८२, बुधबार प्रकाशित

  • Nabintech