काठमाण्डौं/ बास नेपालको आयोजनामा भईरहेको पब्लिक स्पिच नेपाल २०८२ को फाईनल चरण शुरु भएकोे छ ।
संघिय राजधानी काठमाण्डौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा सो कार्यक्रम शुरु भएको हो ।
कार्यक्रमको उद्घाटन नेपाल सरकारका पूर्ब सचिव तथा राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले गरेका छन् ।
युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धी गर्ने, युवाहरुको वाक क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने, सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहीत गर्ने लगायतका उद्धेश्य राख्दै बास नेपाल नामक गैर सरकारी संस्थाले राष्ट्रब्यापी रुपमा प्रतियोगिताको आयोजना गरेको हो ।
फाईनलमा सहभागि भएका प्रतियोगीहरुले दिगो बिकासका लागि सुशासन, अपाँगता तथा समाबेशिता भएका व्यक्तिहरुको न्यायमा पहुँच, जलबायु परिवर्तन र न्यूनीकरणका उपायहरु, समृद्ध नेपालका लागि सकारात्मक सोच, बन्यजन्तु र प्राकृतिक सम्पदाको संरक्षण, बदलिदो अवस्थामा नागरिक समाजको भुमिका र लैंगिक हिंसा न्यूनीकरण लगायतका बिषयहरुमा बक्तव्य दिएका थिए ।

सम्बोधन, प्रस्तुतिकरण सिप, कला, बिषयबस्तुको ज्ञान र अध्ययन, भाषिक शुद्धता, मौलिकता, सिर्जनशिलता, सकारात्मक सोच लगायतलाई आधार मानेर निर्णायकहरुले निर्णय गर्नेछन् ।
बास नेपालको आयोजनामा गत भाद्र २० गते पब्लिक स्पिच नेपालको दोश्रो संस्करणको सेमिफाईनल राउण्ड सम्पन्न भएको थियो । सेमिफाईनल राउण्डबाट छानिएका २२ जना प्रतियोगिहरु फाइनल राण्डको प्रतिस्पर्धामा सहभागी हुँदै छन् ।

उद्घाटन कार्यक्रमको सञ्चालन बास नेपाल काठमाण्डौं शाखा अध्यक्ष शकुन्तला शाहले गरेकि थिईन् ।
सेमिफाईनल राण्डबाट छानिएका आर्शिया रोका, आदेश काफ्ले, आश्मी लोहनी, धोज बहादुर पुलामी मगर, दिक्षा भण्डारी, दिपक परियार, दिपक रावत, इसा थापा, काजल परियार, कोविद बुढाथोकी, मेलिसा कार्की, प्रथाना अधिकारी, प्रिन्स यादव, सविना खतिवडा, सफलता थापा, श्रेया बुढाक्षेत्री, सिवानी राउत, सुशान श्रेष्ठ, सुशिला धमाला, टोरेशा भण्डारी, उमा कार्की र युवराज शाही फाईनल राउण्डमा प्रतिस्पर्धा गर्दै छन् ।
नेपाल सरकारका पूर्ब सचिव तथा राष्ट्रिय सूचना आयोगका पुर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा संयोजक रहेको निर्णायक समितिमा उत्प्रेरक ब्यक्तित्व डा. तारा बहादुर गिरी (तारा जी) र सञ्चारकर्मी वविता वस्नेत रहेका छन् ।
फाईनलबाट पब्लिक स्पिच नेपालमा प्रथम स्थान प्राप्त गर्ने प्रतियोगीले नगद ५० हजार, द्धितीय स्थान प्राप्त गर्नेले ३० हजार र तृतिय स्थान प्राप्त गर्ने प्रतियोगिले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने ईसेवाका माध्यमबाट सर्बाेत्कृष्ठ मत प्राप्त गर्ने एक जना प्रतियोगिले २० हजारको पुरस्कार प्राप्त गर्नेछन् ।
युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धी गर्ने, युवाहरुको वाक क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने, सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहीत गर्ने लगायतका उद्धेश्य राख्दै बास नेपालले अघिल्लो वर्षदेखि राष्ट्रब्यापी रुपमा यो प्रतियोगिता गर्दै आएको छ ।
कार्यक्रमको काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसार भईरहेको छ ।
प्रतियोगिताको उद्घाटन समारोहमा राष्ट्रिय अपाँग महासंघ नेपालका पूर्ब केन्द्रीय अध्यक्ष बिरेन्द्रराज पोख्रेल, केन्द्रीय अध्यक्ष देबिदत्त आचार्य, राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघका अध्यक्ष नारायण गिरी, सामाजिक अभियन्ता चक्र बहादुर चन्द, द आर्ट अफ लिभिङका बरिष्ठ प्रशिक्षक कञ्चन घिमिरे, राष्ट्रिय युवा परिषदका सदस्य बिनोद शाही लगायतको उपस्थिती रहेको छ ।









