विश्व प्रसिद्ध यूभी घई द्वारा नेपालमा मास्टर मेकअप क्लास आयोजना हुँदै

जीवन बदल्ने प्रेरणादायी व्यक्तित्व हुन् यूभी घई

असल शासन प्रतिनिधि

दुई दशकभन्दा बढी अनुभवका साथ यूभी घईले मेकअपलाई कलाको उच्च स्तरमा पुर्‍याएका छन्। १२ लाखभन्दा बढी  फलोवरर्स भएका उनी भारतका सम्मानित मेकअप कलाकार मात्र होइन, उत्कृष्ट प्रशिक्षकसमेत हुन् । धैर्य, गहिराइ र स्पष्ट शिक्षण शैलीका कारण उहाँका विद्यार्थीहरूले सजिलै आत्मसात गरेर आफ्नो प्रतिभा उजागर गर्ने अवसर पाएका छन्।
यूभी घईको विशेषता भनेको सौन्दर्यलाई फरक दृष्टिकोणले हेर्ने दृष्टि हो। उनले केवल निर्दोष छालामै होइन, बरु दाग, पिग्मेन्टेशन, भिटिलिगो, जलनका दाग वा उमेरजन्य परिवर्तन भएको छालामा समेत कलात्मक परिवर्तन ल्याउछन्। उनको काम केवल रूपान्तरण होइन, आत्मविश्वास र आत्मअभिव्यक्तिलाई उजागर गर्ने प्रेरणा हो।
नेपालमा पहिलोपटक आयोजित २ दिने मास्टर मेकअप क्लास (SAA Beauty Studio) मा ९० विद्यार्थीले ३ दिनमै सबै सिट बुक गरेका छन्। यसले उनको लोकप्रियता र शिक्षण शैलीप्रतिको विश्वासलाई झल्काउँछ।
यूभी घई केवल मेकअप आर्टिस्ट होइनन्, जीवन बदल्ने प्रेरणादायी व्यक्तित्व हुन्।

  • ४ आश्विन २०८२, शनिबार प्रकाशित

  • Nabintech