पाँच महिना देखी सडकअवरुद्ध,सम्बन्धित पक्ष बेखबर

पवनराज उपाध्याय

नेपालगञ्ज /  बाजुराको बुढिनन्दा नगरपालिकाको वडा नं. ४ अन्तर्गतको सडक झण्डै पाँच महिनादेखि अवरुद्ध रहँदा स्थानीयवासीहरू दिनप्रतिदिन ठूलो कठिनाइमा परेका छन् ।

बर्खायाममा आएको पहिरोका कारण सडक अवरुद्ध भएपनि अहिले सम्म सञ्चालनमा आउन सकेको छैन । सडक अवरुद्ध भएपछि यहाँका बासिन्दाहरू अझै पनि पहिलेकै जस्तै पाँच–छ घण्टा पैदल यात्रा गरी पिठ्युँमा भारी बोकेर बजार आउन–जान बाध्य भएका छन् ।

वर्षेनी बर्खासँगै बाढी र पहिरो आउने समस्या भए पनि यसपटक लामो समयसम्म सडक पुनः सञ्चालन नहुँदा जनजीवन प्रभावित बनेको छ । नजिकै आउँदै गरेको दशैं–तिहार पर्वमा गाउँलेहरूलाई बजार आवतजावत गर्न निकै समस्या पर्ने देखिएको छ । स्थानीयवासीहरूले तत्काल सडक सफा गरी आवतजावत सुचारु गरिनु पर्ने माग गर्दै सडकलाई दीगो र मर्यादित ढंगले निर्माण गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

  • ५ आश्विन २०८२, आईतवार प्रकाशित

  • Nabintech