नेपालगञ्ज / जनप्रशासन क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति अनिकेत तिवारीमाथि चरम अनियमितताको आरोप लागेको छ । विद्यार्थी हितका कार्यक्रम र गतिविधि पारदर्शी ढंगले सञ्चालन गर्नुपर्ने स्ववियु सभापतिमाथि नियमविपरीत निर्णय गर्ने, फजुल खर्च देखाउने र क्याम्पसलाई करोडौंको घाटा हुने गतिविधि गर्ने गरेको आरोप कार्यसमिति सदस्य र विद्यार्थीहरूको आरोप छ ।
स्वतन्त्र विद्यार्थी युनियन को गठन विद्यार्थीका एजेण्डा बोक्न, विद्यार्थीको आवाजलाई प्रशासन सम्म पु¥याउन र विद्यार्थी र क्याम्पस प्रशासन संग जोड्ने सेतुको रुपमा हुनुपर्छ । क्याम्पस प्रशासनले अनियमितता वा भ्रष्टाचार गरे खबरदारी गर्नुपर्ने, विद्यार्थीलाई आवश्यक परेको कुरा माग लिएर क्याम्पस प्रशासनलाई झक्झक्याउने हो तर ठिक उल्टो स्ववियु सभापति नै क्याम्पसका सामाग्री खरिद गर्न हिड्ने, खरिद गरिएका सामग्रीको बिल बढाएर क्याम्पसमा पेश गर्ने र कमिसन खोज्ने जस्ता दूषित गतिविधिले राजनीति प्रति वितृष्ण बढ्दै गएको देखिन्छ ।
स्ववियु सभापति अनिकेत तिवारीले पम्पाज एजुकेशन संग समन्वय गरेर निशुल्क अनलाइन कक्षा सञ्चालन गरेको सामाजिक सञ्जालबाट सूचना दिए । उक्त कक्षा सञ्चालन गर्दा त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को ३५० बमोजिम कार्यसमिति बैठकको गणपूरक संख्या दुईतिहाई हुनुपर्छ । ऐ. नियम ३५४ बमोजिम छलफल गरिने विषय कम्तीमा दुई दिन अगाडी कार्यसमितिका सबै सदस्यलाई सूचना दिइन पर्छ । नियम ३५५ बमोजिम बहुमतको आधारमा निर्णय गरिन पर्छ । भने नियम ३५७ बमोजिम आर्थिक व्यवस्थापनको लागी कुनै बैंकवा वित्तीय संस्थामा स्ववियुको खाता खोली कोषाध्यक्षको अनिवार्य हस्ताक्षरको व्यवस्था गरेकोछ । तर स्ववियु सभापतिले यि कुनै प्रक्रियालाई पुरा नगरी स्ववियुलाई बदनाम गराउने गरि नियम विपरीत कार्य गरिरहेको स्ववियु कार्यसमितिका एक सदस्यले असल शासन प्रतिनिधिलाई जानकारी गराए ।

स्ववियुका पदाधिकारीसँग बुझ्दा पम्पाज एजुकेशन संग लोकसेवाको कक्षा सञ्चालन गर्ने निर्णय गरेको छैन, निःशुल्क कक्षा सञ्चालन गर्ने भनेर सामाजिक सञ्जालबाट जानकारी पाएको तर कोषाध्यक्ष समेतलाई जानकारी नदिएर एक लाख एकाअसी हजार तिन सय पैसठ्ठी (रु. १,८१,३६५) को बिल क्याम्पसमा पेश गरि क्याम्पसबाट भुक्तानीको प्रक्रिया अगाडी बढाएको पाइयो । न निर्णय छ,न कुनै पदाधिकारीहरुसँग न कुनै कार्यसमिति सदस्य संग कसैसँग जानकारी छैन । १८ दिने निःशुल्क अनलाइन कक्षा भनेर भदौ १५ गते सुचना देख्यौँ तर भदौ २३ गते देखि आन्दोलनको कारण कक्षा सञ्चालन पनि भएन होला । असोज २ गते करिब दुई लाख निकासाको लागी क्याम्पसमा बिल पेश गरेको देखिन्छ।
यसरी रकम निकासा गर्न मिल्छ भनेर लेखा प्रमुखलाई बुझ्दा स्ववियुको खातामा पठाउन मिल्दैन सिधै दिन मिल्छ जस्तो गैरजिम्मेवार जवाफ दिइन । उनको मनसाय के हो बुझ्न सकिएन । स्ववियुको खातामा ट्रान्सफर गर्न नमिल्ने तर स्ववियुलाई सिदै रकम दिन मिल्ने यो कस्तो नियम हो यति खेर जन प्रशासनका आम विद्यार्थी प्रश्न गरिरहेका छन ।
यसरी नै भदौ ८ गते तिज कार्यक्रम गर्ने कुनै निर्णय नगरी कार्यक्रम गरियो खाजाको मात्रै बिल एक लाख एक हजार दुई सय अठ्चालिस (रु १,०१,२४८) को बिल पेश गरेको भेटियो । जुन कार्यक्रममा बढिमा असी जना विद्यार्थी थिए तर विद्यार्थी संख्या दुई सय असी लेखिएको छ । खाजामा पुरि १ पिस , तरकारि १ ,खिर ,जेरि , स्विट्स ,एक पिस पकौडा थियो जसको मुल्य खाजा ल्याएको बागमती स्विट्समा बुझ्दा डेलिवरी सहित बढिमा १७५ भएपनि बिलमा यहि खाजाको मुल्य बढाएर ३२० रूपैयाँ लेखिएको छ, यो कसरी भयो भनेर सोध्दा बिल बढाएर बनाई दिन भने, सोही अनुसार बिल बनाई दिएका हौं बागमती स्विट्सका साहुजीको भनाई रहेको छ ।

यस बाहेक साउन्ड सिस्टम, फोटोग्राफी लगायत अन्य विषयमा पनि अनियमितता भएको प्रस्ट देखिन्छ । तर क्याम्पस प्रमुख आँखा बन्द गरेर तोक लगाउछन जसले कुर्सी बचाउनु छ । लेखा प्रमुखले आँखा बन्द गरेर बिधि बिपरीत त्रासका कारण रकम भुक्तानी गर्छन ।
यस विषयमा छानबिन कमिटी गठन गरि सत्य तथ्य छानबिन गरि सार्वजनिक गर्न र विधि विपरीत कार्य गर्नेलाई कारवाईको माग विद्यार्थीले गरिरहेका छन भने स्ववियु कार्यसमितिका सदस्यहरुले स्ववियु सभापतिले मनपरी गर्ने विधि नमान्ने नियम नमान्ने भए एउटै स्ववियु सभापतिको मात्रै निर्वाचन गरेको भए भैहाल्थ्यो नि किन २१÷२१ सदस्यिय कार्यसमिति चाहियो भनेर विधिसम्मत ढंगले चल्न, विद्यार्थीको रकम दुरुपयोग नगर्न, पारदर्शिता र जवाफदेहिता कायम गर्न माग गरेका छन ।
स्ववियु कार्यकक्षको फर्निचरहरु अघिल्लो वर्षको हुँदा हुँदै यस वर्ष फेरि महँगो मुल्यमा खरिद गरि अनियमितता गरेको प्रति एउटा विद्यार्थीले व्यङ्ग्य गर्दै भने मन्त्रालयको मुख्य सचिवको कार्यकक्षमा समेत यति महँगो लक्जरियस सामग्री हुँदैन होला विद्यार्थीको सेवा गर्न गएका हुन कि स्ववियुलाई कमाइ खाने भाँडो बनाउन गएका हुन अव त स्ववियु प्रति नै वितृष्णा घृणा जाग्न थाल्यो ।
एक जना स्ववियु पदाधिकारीका अनुसार अघिल्लो वर्षको सामग्रीलाई प्रयोग गरौं राम्रै छ, विद्यार्थीलाई सहजिकरण गर्ने न हो भनेको बोल्ने हाम्रो लागी नर्मल, उनिहरुलाई महँगो सामग्री ल्याएछन भने अघिल्लो वर्ष मात्रै किनेको लाखौंको सामग्री प्रयोग विहिन भएको छ ।
यस बारे जन प्रशासन क्याम्पस प्रमुखका क्याम्पस प्रमुख सुभाष शर्मा सँग असल शासन प्रतिनिधिले सम्पर्क गर्न खोज्दा उनको नम्बरमा सम्पर्क हुन सकेन ।
विद्यार्थी र कार्यसमिति सदस्यहरूले सभापतिको मनपरी कार्यशैली तत्काल रोक्न, पारदर्शिता कायम गर्न र सम्पूर्ण अनियमितताको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।









