दिदी बहिनी समाज बाँकेको चौथो बार्षिक साधारण सभा

असल शासन प्रतिनिधि

नेपालगञ्ज / महिलाहरुको हक, हितका लागि क्रियाशिल गैर सरकारी संस्था दिदि बहिनी समाज, बाँकेको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

२०७८ फाल्गुण १२ गते स्थापना भएको उक्त संस्थाको चौथोे बार्षिक साधारण सभा आज शुक्रवार नेपालगञ्जमा सम्पन्न भएको हो ।
साधारण सभाको उद्घाटन गर्दै लुम्विनी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठले महिला हक अधिकारका लागि हालको परिवर्तित अवस्थामा पनि लड्नु पर्ने अवस्था आउनु बिडम्वना भएको बताईन् ।
उनले आधा आकाश ओगटेका महिलाहरुका पक्षमा तीन तहकै सरकार गम्भिर बन्नु पर्ने बताईन् । प्रमुख अतिथी श्रेष्ठले दिदि बहिनी समाज बाँकेले महिला हिंसा पीडित महिलाहरुको हक, हितका लागि उल्लेख्य कार्य गर्दै आएको भन्दै संस्थाको प्रशंसा गरिन् ।

संस्थाकी अध्यक्ष रमादेवि शाहको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाकी सदस्य शिवा शाहले स्वागत मन्तव्य व्यक्त गरेकि थिईन् । संस्थाकी सदस्य जानकी केसीले प्रगति प्रतिबेदन प्रश्तुत गरेकि थिईन् ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाह,गैर सरकारी संस्था महासंघ बाँके शाखा उपाध्यक्ष मन भण्डारी, बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा, फेडोकी अध्यक्ष निर्मला सुनार, भ्वाईस नेपालगञ्जका अध्यक्ष रमेश सिटौला, नारी बिकास संस्थाकी अध्यक्ष लक्ष्मी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

६० जनाको सहभागितामा सम्पन्न साधारण सभाको सञ्चालन संस्थाकी सह सचिव शोभा थापा मगरले सञ्चालन गरेकी थिईन् ।

  • १० आश्विन २०८२, शुक्रबार प्रकाशित

  • Nabintech