पछिल्लो समय बढिरहेको चोरीको बिगबिगी रोकथामको उपाय

मतअभिमत

ज्योती बुढा

पछिल्लो समयमा सामुहिक रुपमा चोरीडकैती गर्नेहरुले त्रास फैलाउने काम गरिरहेका छन र उनीहरुले धेरै भयामक अबस्था सृजना गरिरहेका छन् । त्यसैले हामी वडा न ३ बासी मिलेर युवाहरुको समुह बनाएका छौ र सोही समुहलाई रातीमा परिचालन गर्छौ । सुचना आदानप्रदान सजिलै होस भन्ने उद्धेश्यले हामीले ह्वाट्सप ग्रुप बनाएका छौँ । जस्को फलस्वरुप २ जना चोर समाति सकेका छौँ ।
मोअयुब सिद्दिकि वडा अध्यक्ष नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३

पछिल्लो समय चोरी भएको जति हल्ला फैलिएको छ त्यति निवेदनहरु प्रहरी कार्यलयमा आएको छैन, तर जनताहरु धेरै त्रसित भइरहेका छन । जेन्जी आन्दोलनपछि झन बढि भय, त्रास फैलिएको महसुस गरेका छौँ । खासमा यो एउटा डर फैलाइएको जस्तो लाग्छ किनकि घटना भएपछि चोरी भैसकेपछि पहिले निबेदनहरु आउथ्यो तर अहिले जति डर फैलिएको छ त्यति निवेदनहरु आइरहेको छैन । पहिले साइकल, कुखुरा, बाख्रा जस्ता सामाग्री चोर्नेहरुको नियन्त्रण भैरहेको छ तर अहिले जति पनि समुह बनाएर हिडेका छन भय, त्रास फैलाएका छन उनीहरु नशा गर्ने गजेडीहरु हुन त्यसैले पनि कागजमा लेख्ने, टोलमा टाँसिदिने जस्तो डर फैलाइरहेका छन । हामीले यस्को नियन्त्रणका लागि गस्तिहरु परिचालन गरिरहेका छाँै नागरिकहरु पनी ।
अरुण वम, महानिरीक्षक वडा प्रहरी कार्यलय नेपालगन्ज

कस्ता खालका मान्छेहरु यस्तो कृयाकलाप गरिरहेका छन भनि पत्ता लगाउन आवश्यक छ । यस्तो अवस्था भैरहेको बेला सुरक्षा निकायबाट नै सुरक्षा प्रदान गरिनुपर्दछ भन्ने लाग्दछ त्यसको साथसाथै चौकीदारीको ब्यबस्था गर्नुपर्दछ । जसले गर्दा समुदायमा खबरदारीको काम गर्नेछ र मानिसहरु चनाखो अबस्थामा तयारीका साथ बस्न सक्दछन । अहिले प्रविधिको समयमा जहाँ जोखिमपूर्ण ठाँउ छ त्यहाँ समुदायका मानिसहरु मिलेर सिसि टिभि क्यामेरा जडान गर्ने एउटा उत्तम उपाय हुनसक्छ । शंकास्पद ब्यक्ती समुह कोही आएमा नजिकैको प्रहरीलाई सुचना दिन सकिन्छ ।                                                                                  यम नारायण महतो, सहायक प्रधानध्यापक ज्ञानोदय नमुना माध्यमिक बिद्यालय खजुरा बाँके

नेपालगन्जमा आजभोली चोरी डकैटीको बिगबिगी फैलिएको छ त्यसैले यसका लागि पुलिस प्रशासनले जोखिमयुतm ठाँउमा गस्ती बढि खटाउनु पर्दछ । हाम्रो नजिकै भारत जोडिएकोले गर्दा पनि अझ धेरै यस्तो कृयाकलाप भएको जस्तो लाग्छ । त्यसलाई ख्याल गरेर १२ बजेपछि हिडडुल गर्नेलाई बढि बढि छानबिन गर्न आवश्यक छ । यदि हामी अत्याबश्यक काम परेर बाहिर हिड्दै छौँ भने आफ्नो परिचय खुल्ने परिचय पत्र अनिवार्य रुपमा बोक्नुपर्ने भनेर प्रशासनले नियम बनाइदिनु पर्दछ । भारतीय नाका रातीको समयमा अल्लि बढि कडाईको साथमा बन्द हुनुपर्दछ ।
फिरोज अलि खान स्थानिय बासिन्दा नेपालगन्ज

  • १२ आश्विन २०८२, आईतवार प्रकाशित

  • Nabintech