४६ औँ अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा विविध कार्यक्रम

असल शासन प्रतिनिधि

नाट्टा लुम्बिनी प्रदेशको आयोजनामा नेपाल प्रवेश गरेका पर्यटकहरूलाई स्वागत, मायाको चिनोबाट सम्मानका साथै खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश मुख्य सचिव बाबुराम अधिकारीले पर्यटन क्षेत्र देशका लागि महत्त्वपूर्ण भएको बताउदै यसको बृहत् गुरूयोजना बनाउनुपर्ने बताए। अन्तरास्ट्रिय ख्यातिप्राप्त बौद्ध भिक्षु दर्सनका ज्ञाता सारी पुत्र फाउण्डेशनका अध्यक्ष भन्ते सुमंगलोले पर्यटन नेपालका लागि विदेशी मुद्रा आर्जन गर्ने ठूलो स्रोत भएको उल्ेलख गर्दै नेपालमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक विविधता भएकाले पर्यटकलाई आकर्षण गर्ने प्रमुख योजना र कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताए ।

कार्यक्रम प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्य सचिव बाबुराम अधिकारी, बिशिस्ट अतिथि अन्तरास्ट्रिय ख्यातिप्राप्त बौद्ध भिक्षु दर्शनका ज्ञाता सारी पुत्र फाउण्डेसन अध्यक्ष भन्ते सुमंगलो, लुम्बिनी प्रदेश पर्यटन परिषद् कार्यकारी निर्देशक रामु जोशी, अतिथिहरू लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालय प्रमुख नेत्र भुसाल, नेपाल स्वयंसेवक संघ केन्द्रीय अध्यक्ष खेमराज पौडेल, अध्यागमन रूपन्देहीका प्रमुख, होटेल ब्यवसायी संघ, पत्रकारहरु, नाट्टा लुम्बिनीका प्रमुख सल्लाहकार कृष्णप्रसाद अधिकारी, भारत, अष्ट्रेलिया, निदरलैण्ड लगायतका ब्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो्।

  • १२ आश्विन २०८२, आईतवार प्रकाशित

  • Nabintech