अशोज १२
नेपालगञ्ज / बास नेपालले आज कोहलपुर नगरपालिका वडा नम्बर १ मा ईकाई कमिटि गठन गरेको छ ।
भ्रष्टाचार बिरुद्ध बिभिन्न कार्यक्रमहरु गर्दै आएको बास नेपालले आज वडा नम्बर १ को वडा कार्यालय कौशिलानगरमा भेलागरी ९ सदस्यीय ईकाई कमिटि गठन गरेको हो ।
मनी बिकको अध्यक्षतामा गठन गरिएको ईकाईको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश शान्ती थापा, बिशाल बम र लक्ष्मी कामी रहेका छन् ।
त्यसैगरी ईकाईका अन्य सदस्यहरुमा क्रमश उर्मिला सुनार, रुपशिला सुनार, डिलमाया नेपाली, तुलसी परियार र रजनतोला सुनार रहेका छन् ।
कोहलपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बद्री प्रशाद जैशीको प्रमुख आतिथ्यतामा आयोजित उक्त ईकाई भेलामा वडाका ३० जना बढि युवायुवतीहरु उपस्थित रहेको भने बास नेपालका बाँके शाखा सचिव शोभा भण्डारी, बास बाँके शाखाका सदस्य मिना कठायतको उपस्थिति रहेको थियो।









