नेपालगञ्ज/ जेनजि आन्दोलनको क्रममा पूर्णरुपमा ध्वस्त भएको नेपालगञ्ज उपमहानगरपालिकालाई कुर्सी सहयोग गरिएको छ ।
क्लिन अफ नेपालको सहयोगमा बास नेपालद्वारा १० थान कुर्सी सहयोग गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राई, प्रमुख प्रशासकिय अधिकृत रामहरि शर्मालाई बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह लगायतले कुर्सी सहयोग हस्तान्तरण गरेका थिए ।
टिनमुनि कार्यालय सञ्चालन गरिरहेको उपमहानगरपालिकालाई फर्निचर लगायतका सामाग्रिहरु अति आवश्यक भएका बेला सहयोग प्राप्त भएको भन्दै उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राईले धन्यवाद ज्ञापन गरे । उनले भने –बिषम परिस्थितीमा भएको सहयोग अर्थपूर्ण हुने बताए ।
प्रमुख प्रशासकिय अधिकृत रामहरि शर्माले असहज परिस्थितीमा उपमहानगरले सेवा प्रबाह गरिरहेको उल्लेख गर्दै प्रभावकारी सेवा प्रबाहका लागि ध्वस्त भौतिक संरचना पुर्ननिर्माण अभियानमा सबैले सहयोग गर्नुपर्ने बताए ।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सेवाग्राहीहरुको सहजकताका लागि कुर्सी सहयोग प्रदान गरेको बताए । उनले थप सहयोग निरन्तर रहने बताए ।
सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग गरिएको क्लिन अप नेपालका कार्यकारी निर्देशक रबिन्द्र लामिछानेले बताए ।
बास नेपाल र क्लिन अप नेपाल साझेदार संस्थाको रुपमा नेपालगञ्जमा काम गरिरहेका छन् । क्लिन अप नेपाल काठमाण्डौंमा कार्यरत संस्था हो ।











