कर्णाली नदीमा युवतीको शव फेला

पवनराज उपाध्याय

बाजुरा / बाजुरा जिल्लाको हिमाली गाउँपालिका–३ झुगला नजिकै कर्णाली नदीमा आज बिहान अन्दाजी १८ देखि २० वर्षकी एक युवतीको बेवारिसे शव फेला परेको छ।

स्थानीयहरुका अनुसार बुधबार बिहान करिब ८ बजेतिर नदीमा एक शव बग्दै गरेको देखेपछि उनीहरूले तुरुन्तै धुलाचौर प्रहरी चौकीलाई जानकारी गराएका थिए। जानकारी पाएलगत्तै धुलाचौर चौकीले कोल्टी इलाका प्रहरी कार्यालयलाई खबर गरेको र त्यसपछि प्रहरी निरीक्षक अवस्थीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको बताइएको छ।

प्रहरी टोलीले शवलाई नदीबाट निकालेर सडक किनारमा ल्याएको र त्यसपछि हिमाली गाउँपालिकासँग समन्वय गरी शवलाई एम्बुलेन्समार्फत कोल्टी अस्पताल पुर्याइएको छ। प्रहरी निरीक्षक देवेन्द्र बहादुर चौधरीकाले आफन्त नआउँदासम्म शव कोल्टी अस्पतालमै सुरक्षित राखिने र आफन्त आएपछि आवश्यक पोष्टमार्टम तथा थप अनुसन्धान गरी जिम्मा लगाउने बताए।

हालसम्म शवको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरीले सम्बन्धित आफन्तजन वा चिनजान भएका व्यक्तिहरूलाई तुरुन्तै सम्पर्क गर्न अनुरोध गरेको छ।

  • २२ आश्विन २०८२, बुधबार प्रकाशित

  • Nabintech