नेपालगन्ज / नेपालगञ्जको बाइपास रोडमा रहेको मौरी होटलमा जुवा खेलिरहेको अबस्थामा १४ जनालाई पक्रउ परेका छन् ।
गएराती ११.३० बजे तिर प्राप्त सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके बाट खटिएको टोलीले जुवाको खालमा मस्त उनीहरुलाई उक्त होटेलबाट पक्राउ गरेको हो । तलासीकै क्रममा पक्ताउ परेका उनीहरु बाट रु तेह्र लाख त्रिसठी हजार आठ सय नगद सहित तासका गडीहरु बरामत गरी सामान सहित मानिसहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जुवाको खालबाट पक्राउ पर्नेहरुमा नेपालगञ्ज २ न्युरोडका बिज्ञान श्रेष्ठ, मुक्तिपुरका गणेश बस्नेत, जयसपुरका सेताज अन्सारी, त्रिभुवनचोकका रिसी गुप्ता, बसपार्कका तरुण गौतम, कोरियनपुरका बिनोद गौतम, बसपार्कका मोहम्बत सफिक बेहना, कारकाँदोका संगम शाह, बसपार्कका मधुसुदन दाहाल, बसपार्कका मेघराज गौतम, धम्बोजीका रमेश शाही, कोहलपुर ११ का भगिरथ यादव, कोहलपुर ९ का नन्दलाल यादव र कोहलपुर २ का सुमन केसी रहेका छन् ।
उनीहरुलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडी बढाईएको छ ।











