मापदण्डविपरीतका सुरक्षाकर्मी धमाधम फिर्ता

असल शासन प्रतिनिधि

नेपालगञ्ज / नेपाल सरकारले पुर्ब प्रधानमन्त्री तथा मन्त्रीहरुको हकमा खटाएका मापदण्ड बिपरीतका सुरक्षाकर्मीहरु फिर्ता बोलाउने भएको छ ।

आज बसेको सुरक्षा परिषदको बैठकले मापदण्ड बिपरीत बढि खटाईएका सुरक्षाकर्मीहरुलाई फिर्ता लिने निर्णय गरेको हो ।

पुर्ब प्रधानमनत्री केपी शर्मा वलीले लगेका ४२ जना सुरक्षाकर्मीहरु मध्ये मापदण्डविपरीतका २८ सुरक्षाकर्मी, त्यस्तै नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षार्थ खटिएका ५२ जनामध्ये ३४ जना सुरक्षाकर्मी र नेपाली कांग्रेसका सभापती शेर बहादुर देउपाले लगेका सुरक्षाकर्मीहरु मध्ये मापदण्ड बिपरीतका तिन दर्जन सुरक्षाकर्मी फिर्ता बोलाइएको छ ।

अरूको पनि सोही नियमानुसार फिर्ता गरिने निर्णय भएको बताईएको छ ।

  • २३ आश्विन २०८२, बिहीबार प्रकाशित

  • Nabintech