डुडुवा (बाँके) २२ असोज/ डुडुवा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी नारायण बहादुर विष्टले पाएका छन् । विष्टले बुधबारदेखि कार्यालयको प्रशासनिक कामकाजको जिम्मेवारी सम्हालेका छन् ।
पालिका कार्यालयमा आज आयोजित परिचयात्मक कार्यक्रममा अध्यक्ष नरेन्द्रकुमार चौधरीले डुडुवाको समग्र विकासहरुको सेवाका लागि संधै अघि बढिरहेको बताए । उनले नयाँ प्रमुख प्रशासकिय अधिकृत बिष्टलाई स्वागत गरे ।

सो अवसरमा जिम्मेवारी सम्हाल्दै प्रमुख प्रशासकिय अधिकृत विष्टले कानूनले दिएको अधिकारभित्र रहेर इमान्दारिताका साथ आफनो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता गर्दै दैनिक प्रशासनका काम कारवाही प्रक्रिया अघि बढाउने र जनताको सेवामा सदैय कट्टिबद्ध भएर लाग्ने बताए ।
पाटन नगरपालिका बैतडीबाट सरुवा भएर आएका विष्टले यस अघि करिब १३ वटा स्थानीय तहमा काम गरिसकेका छन् । कार्यालयमा हाजिर हुँदै प्रमुख प्रशासकिय अधिकृत विष्टले पालिकाका सबै कर्मचारीहरुसंग परिचय तथा शाखाका काम कारवाही प्रगतिका बारेमा जानकारी लिए ।
पालिकामा यस अघि अशोककुमार पाण्डेयले प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।











