नेपालगञ्ज / शिक्षक नियुक्तिका लागि घुष लिदै गर्दा प्रधानाध्यापक संजय प्रशाद साह पक्राउ परेका छन् ।
श्री जयकिसन माध्यामिक बिद्यालय धरहरी रौतहटमा शिक्षक आबश्यक्ता भनि खुलाएको बिज्ञापनका आधारमा आबेदन दिएका सेवाग्राही बाट उक्त पदको लागि परीक्षामा पास गराइदिने उद्देश्यले चार लाख पचास हजार लिदै गर्दा सोही बिद्यालयमा प्रधानाध्यापक संजय प्रसाद साह र घुस बुझ्ने उनका सहयोगी बिचौलिया अरविन्द प्रकास शाहलाई अख्तियारले पक्राउ गरेको छ।
परीक्षामा पास गराइदिने उद्देश्यले घुस माग गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिगएको टोलीले सेवाग्राही बाट घुष लिदै गर्दाको अवस्थामा बिरगंज नगरपालिका वडा नम्बर १३ अदालत रोडबाट शुक्रवार रंगेहात पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको अनुसन्धान भईरहेको छ ।









