शाहलाई अपरिचित व्यक्तिद्वारा धम्की

प्रहरीमा जाहेरी दर्ता

असल शासन प्रतिनिधि

नेपालगन्ज–१० का शौभाग्य जंग शाहले आफ्नो घरमा अपरिचित व्यक्तिले भौतिक कारवाही गर्ने भनेर धम्कीपूर्ण सूचना टाँसेपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा आइतवार जाहेरी दिएका छन् ।

शाहको घरमा “राष्ट्रवादी सचेत युवा” नामबाट शुक्रवार राति टाँसिएको उक्त सूचनामा गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गर्न उक्साएको आरोप लगाउँदै आत्मआलोचना नगरे भौतिक कारबाही गर्ने चेतावनी दिइएको छ ।

घटनापछि शाहले पत्रकार सम्मेलन गरी जेन जी हरुलाई कुनै पनि प्रकारले उक्साउने काम नगरेको तर, सामाजिक सञ्जालमा देशमा भैरहेको बेथिति तथा भ्रष्टाचारको विषयमा निरन्तर लेख्दै र बोल्दै आएको बताएका छन् ।

उनले आफू जस्ता भ्षरष्टाचार बिरुद्ध बोल्ने युवाहरुको आवाज दबाउने र आन्तरिक द्वन्द्व श्रृजना गर्ने उद्देश्यले यस्तो पत्र टाँसिएको बताउदैँ दोषीलाई पहिचान गरी तत्काल कारबाही गर्न माग गरेका छन् ।

  • २६ आश्विन २०८२, आईतवार प्रकाशित

  • Nabintech