हमासले २० जना बन्धकहरुलाइ रिहा गर्ने भएको छ । हमासले दुई वर्षअघि कब्जामा लिएका बन्धकहरुमध्ये आज रिहा गर्ने २० जनाको नाम सार्वजनिक गरेको छ ।
हमासले सार्वजनिक गरेको सूचीअनुसार आज रिहा हुने इजरायली बन्धकहरूमा एल्काना बोहबोट, मातान एङ्ग्रेस्ट, अविनातान ओर, योसेफ(हाइम ओहाना, एलोन ओहेल, एव्यातार दाभुड, गाय गिल्बोआ(दलाल, रोम ब्रास्लाभस्की, र जुम्ल्याहा दाजुभाइ गाली तथा जिव बेर्मान छन्।
यसैगरी, रिहा हुनेहरूमा एतान मोर, सेगेभ काल्फोन, म्याक्सिम हर्किन, एतान हर्न, बार कुपर्सटाइन, ओम्री मिरान, र दाजुभाइ डेभिड कुनियो तथा एरिएल कुनियो पनि समावेश छ। सूचीमा इजरायली सैनिकहरू निम् रोड कोहेन र मातान जाङ्गाउकरको नाम पनि उल्लेख छ।
हमासले रिहा गर्न लागिएको २० जना बन्धकहरूको सूचीमा नेपालमा विपिन जोशीको नाम छैन ।











