फातिमा फाउण्डेसन नेपालको २१औंसाधारण सभा सम्पन्न

असल शासन प्रतिनिधि

सामाजिक क्षेत्रमा करीब दुई दशक देखि महिला तथा बाबालिकाकालागि सक्रिय रुपमा काम गर्दै आएको फातिमा फाउण्डेसन नेपालको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

फातिमा फाउण्डेशनकी अध्यक्ष मैमुना सिद्दीकीको अध्यक्षता तथा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका पुर्व क्याम्पस प्रमुख गणेश रेग्मीको प्रमुख आतिथ्यतामा सोमवार साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि रेग्मीले फातिमा फाउण्डेशन नेपालले मुस्लिम समुदायका महिला तथा बालबालिकाका अधिकार प्रबद्र्धनका लागी महत्वपुर्ण भुमिका खेलेको बताए ।

कार्यक्रमका अतिथि गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिब नमस्कार शाहले फातिमा फाउण्डेशन नेपालमा समुदायमा छुट्टै पहिचान बनाउन सफल भएको बताए । फाउण्डेशनले मुस्लिम सुमुदायका महिलाहरुको सशक्तिकरणका लागि स्थापना कालदेखिनै महत्वपुर्ण कार्य गर्दै आएको बताउदै शाहले भने “फातिमा फाउण्डेशनले महिला तथा बालबालिको शिक्षा तथा सशक्तिकरणको क्षेत्रमा गरेको कामको बजारीकरण गर्न आवश्यक छ, संस्था अव प्रविधिमैत्री बन्नु पर्छ ।”

सस्थाकी अध्यक्ष मैमुना सिद्धीकी संस्थाकी संस्थापक स्व. मोहम्मदी सिद्दीकीको स्मरण गर्दै स्व. मोहम्मदी सिद्दीकीले मुस्लिम समुदायका महिलाहरुको हक अधिकार स्थापित गर्न फातिमा फाउण्डेशन स्थापना गरी संस्था मार्फत अभियान चलाएको बताइन् । अध्यक्ष सिद्धिकीले संस्थापक स्व. मोहम्मदी सिद्धीकीको संस्थाको आफ्नै घर बनाउने रहेको उल्लेख गर्दै उक्त सपना पुरा भइ २१ औँ साधारण सभा आफ्नै भवनमा गर्न सफल भएको बताइन् ।

कार्यक्रमा मानव अधिकार आयोग नेपालगन्जका प्रमुख द्ववारीका अधिकारी, गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाका उपाध्यक्ष मन भण्डारी, फातिमा फाउण्डेसन नेपालका सल्लाहकार रविन्द्र कर्ण, उपभोक्ता अधिकार संरक्षण मञ्चका केन्द्रीय सचिब बसन्त गौतम, दलित महिला संघ (फेडो) काँकेकी अध्यक्ष निर्मला सुनार, सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जका अध्यक्ष दिपेन्द्र कुमार लगायतले फातिमा फाउण्डेसनले नेपालगन्जमा मुस्लिम समुदायको उत्थान र सशक्तिकरणका क्षेत्रमा उल्लेखनिय कार्य गर्दै आएको बताउदै शुभकामना दिएका थिए ।

कार्यक्रममा संस्थाको भवन निर्माणार्थ सहयोग गर्ने गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिब नमस्कार शाह, फेडो बाँकेकी अध्यक्ष निर्मला सुनार लगायतका ब्यक्तिहरुलाइ सम्मान गरिएको थियो । फातिमा फाउण्डेशनकी कोषाध्यक्ष सुवेदा फरहिनले सञ्चालन गरेको कार्यक्रममा महासचिब उमा अक्तरले संस्थाको प्रगती प्रतिवेदन र कोषाध्यक्ष सुवेदा फरहिनले आर्थिक प्रतिवेदज प्रस्तुत गरेका थिए ।

  • २७ आश्विन २०८२, सोमबार प्रकाशित

  • Nabintech