गौघाट ग्रीन रनको उपाधि युवकराज र दीपशीकालाई

असल शासन प्रतिनिधि

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ गौघाटमा सम्पन्न ग्रीन रनको उपाधि कर्णालीको जुम्लाका युवकराज बुढा र बाँके कोहलपुरकी दीपशीखा शाहीले हात पारेका छन् ।
जलवायु परिवर्तनको विश्वव्यापी मुद्दालाई स्थानीय तहमा जागरण फैलाउने उद्देश्यले गत बर्षदेखि सुरु भएको गौघाट ग्रीन रनको दोश्रो संकरणको उपाधी युवकराज र दीपशीखाले हात पारेका हुन् । पाँच किलोमिटर दुरी रहेको रनको खुला पुरुषतर्फ नरैनापुर गाउापालिकाका अरविन्द कुमार याद दोस्रो र जुम्लाका यमराज खत्री तृतीय भएका छन् भने छात्रा २.५ किमीमा कोहलपुरकी स्वस्तिका शाही र बर्दियाकी राधा सुनार क्रमशः द्धितिय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।


यसैगरी खजुरा गाउँपालिका स्तरीय पाँच किलोमिटर छात्रतर्फ ज्ञानोदय उच्च माविका धनिराम खटिक प्रथम, जनता उच्च माविका निकेस खत्री दोस्रो र अमरमाविका युसुफ विक तृतीय भएका छन् । त्यसैगरी छात्रा २.५ किमी तर्फ अमर माविकी विनिसा एलजी पहिलो, योगिनी माविकी प्रशंसा विसी दोस्रो र अमर माविका विनिता पुलामी तेस्रो भएका छन् । विजयी खेलाडीलाई खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तिरन गौतम, मिस नेपाल वल्र्ड २०२३ श्रृच्छा प्रधान, केएल दुगड ग्रुपका प्रमुख प्रदीप छाजेड, खजुरा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष धनराम ओली र कार्यक्रममा बिशेष अतिथिको रुपमा उपस्थित वल्र्ड क्लास धावक केन्याका जोन केलाईले नगद तथा पदक वितरण गरेका थिए।


कार्यक्रमका अतिथिहरुले सबै मिलेर प्रकृति जोगाउन सकेमात्र मानव अस्तित्व जोगिने भएकाले वातावरण संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिएका थिए । गौघाट ग्रीन रन धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रुपमा सञ्चालन गरिदै आएको छ ।

  • २८ आश्विन २०८२, मंगलवार प्रकाशित

  • Nabintech