काठमाण्डौं । भक्तपुर नगरपालिकाले यस वर्षको तिहार (स्वन्ती) मनाउने मिति निर्धारण गरेको छ।
भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षता, तलेजुका पुजारी र ज्योतिषहरूको उपस्थितिमा बसेको बैठकले कार्तिक २ गते आइतबार काग तिहार, ३ गते सोमबार बिहान कुकुर तिहार र दिउँसो ३ बजेपछि औंशी तिथि लाग्ने भएकाले साँझ लक्ष्मीपूजा मनाउने गरि मिति निर्धारण गरेको जनाएकोछ। यसैगरी कार्तिक ४ गते मंगलबार दिउँसो ४ः२९ बजेपछि कछला थ्व प्रतिपदा तिथि पर्ने भएकाले सो दिन म्हा पूजा मनाउने, कार्तिक ५ गते साँझ ६ः२० बजेपछि द्वितीया तिथि लाग्ने भएकाले किजा पूजा (भाइटीका) मनाउने गरी निर्णय गरेको गरेको पालिकाले जनाएको छ ।











