काठमाण्डौं । सुनको मुल्यले नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेकोछ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँ तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छ । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।
महासँघका अनुसार सोमबार छापावाल सुन तोलामा २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार तोलामा ३ हजार २२० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च रहेको महासँघले जनाएको छ ।










