बर्दिया/ बर्दिया जिल्लामा मानब र बन्यजन्तु बिचको द्वन्द्व लामो समय देखि चलिरहेको छ ।
बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका–११ बिजयनगर, मिलन मधुवन टोलका भादु थारु बाघ आक्रमणबाट घाईते भएका छन् ।
मंगलबार दिउसो सवा १ बजे बेलभारको पचसा क्षेत्रमा रहेको आफ्नो बारीमा धान काट्ने क्रममा बाघको आक्रमणबाट उनी घाइते भएका हुन् ।
बर्दियाका विभिन्न स्थानमा बाघले दैनिक रूपमा मानिसमाथि आक्रमण गरिरहेको छ, तर सरकार अहिलेसम्म बाघ नियन्त्रण गर्न असफल भईरहेको छ।
स्थानीयवासीहरूको जीवन संकटमा पछ। सरकारले तत्काल प्रभावकारी कदम नचालेको खण्डमा मान्छे र बाघबीचको भिडन्तमा मानवीय क्षति बढ्दै जाने निश्चित छ।











