नबिना बनिन् एक्टिङ्ग स्टार

असल शासन प्रतिनिधि

नेपालगन्ज/ रियालिटी शो एक्टिङ स्टारको उपाधि नेपालगन्जकी नवीना रानाभाटले जितेकी छन् ।

एपी वान टेलिभिजनबाट प्रसारण भएको एक्टिङ स्टारको बुधबार राति ९ बजे सम्पन्न फाईनलमा रानाभाटले बिजेता बनेकी हुन् ।

एक्टिङ स्टार भएसँगै नवीनाले नगद १५ लाख, ट्रफी, वल्र्ड टुर र एउटा फिल्ममा अभिनयको अवसर प्राप्त भएको छ ।

बरिष्ठ अभिनेता नीर शाहले नवीनालाई एक्टिङ स्टारको ट्रफी प्रदान गरेका थिए ।

एक्टिङ स्टारमा फस्ट रनर अप भावना मगर र सेकेण्ड रनर अप इभा घिमिरे हुन सफल भएका छन् ।

  • २९ आश्विन २०८२, बुधबार प्रकाशित

  • Nabintech