मधेश प्रदेश सभा सदस्य सिंह सहित १६ बिरुद्ध मुद्धा

असल शासन प्रतिनिधि

काठमाडौं । मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ ।
अख्तियारका अनुसार सिंह सहित रमेश मडर, अमलेश कुमारी, भिखारी राउत कुर्मी, दिपाराज देवी राजपुत, मन्जु देवी पासमान, भुपेन्द्र कुमार झा, रामनाथ सहनी, स्वीकृती देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भुकुमार मण्डल, योगेन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
आरोप पत्रमा सिंहले विद्यालय, मन्दिरसँग सम्बन्धित विभिन्न उपभोक्ता समितिहरूको खातामा जम्मा भएको कूल रकम १ करोड ३६ लाख २७ हजार ४८१ मध्ये ३८ लाख ५० हजार ३१९ रकम घुसस्वरूप लिएर आफ्नो र श्रीमतीको संयुक्त खातामा राखेको आरोप छ । उक्त दायर पत्रमा सो रकमको केही हिस्सा उनले आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थको खातामा समेत जम्मा गरेको पाइएको अख्तियारले जनाएको छ । उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको कसूरजन्य कार्य भएको अख्तियारको ठहर छ ।

  • ३० आश्विन २०८२, बिहीबार प्रकाशित

  • Nabintech