काठमाडौँ । आसन्न फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि पहिलो पटक राजनीतिक दलहरुसँग निर्वाचन आयोगले छलफल गरेको छ ।
विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दलका प्रतिनिधिहरुसँग आयोगले छलफल गरेको हो।
उक्त छलफलमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष गुरु बराल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिवालय सदस्य देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव कविन्द्र बुर्लाकोटी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे लगायत अन्य दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। छलफलमा निर्वाचन घोषणा भई तयारी सुरु भएको अवस्थामा निर्वाचनको वातावरण सृजना गरी सक्रिय हुन दललाई आयोगले आग्रह गरेको बताइएको छ ।











