भट्टराई कोल्ड स्टोर बर्दियामा आगलागी

आगलागि बाट ठुलो धनजनको क्षती

असल शासन प्रतिनिधि

नेपालगञ्ज /  बिगत ४ बर्ष अघि मात्र स्थापना भएर सञ्चालन हुँदै आएको भट्टराई कोल्ड स्टोर बर्दियामा आगलागी भएको छ ।

बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–७, बसन्तपुर स्थित भट्टराई कोल्ड स्टोरमा गए राति करिब १ बजे तीन पटक विस्फोट (ब्लास्ट) भई आगजनी भएको हो ।

मध्येरातमा ठुलो आवाजमा ब्लास्ट भएको आवाज सुनेपछि स्थानियहरु त्रसित भई हेर्दा कोल्ड स्टोरमा आगालागि भएको उक्त आगो नियन्त्रण गर्न बाँसगढी नगरपालिका बाट आएको दमकलले आगो नियन्त्रण गरेको थियो । आगो नियन्त्रणमा लिन कठिनाईका बावजुत आज बिहान सम्म आगो नियन्त्रणमा आएको थियो ।

उक्त विस्फोट कसरी भयो भन्ने बिषमा जानकारी लिन असल शासन प्रतिनिधिले सम्पर्क गर्न खोज्दा भट्टराई कोल्ड स्टोरका मालिक खेमराज भट्टराईले अन्य कारण भन्दा पनि प्राबिधिक खराबीका कारण ग्याँस लिक भएर विस्फोट भएको हुन सक्ने बताए । कोल्डस्टोर भित्र काठहरु बिछ्याईएका हुन्छ्न सोही कारण पनि बिष्फोट पश्चात आगलागि भएको हुन सक्ने उनले भनाई रहेको छ ।

आगलागिका कारण कोल्डस्टोरमा रहेका किसानका आलु पूर्णरूपमा नष्ट हुनुका साथै कोल्डस्टोरमा ठूलो धनजनको क्षति समेत भएको पाईएको छ ।

  • ३० आश्विन २०८२, बिहीबार प्रकाशित

  • Nabintech