काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बोर्डले प्रकाशन गरेको नतिजा अनुसार जम्मा १४ हजार ९ सय १० विद्यार्थी सहभागी भएकोमा ९ हजार ४५६ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने २ जनाको परिक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।
कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षा २०८२ साल जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको थियो ।
प्रकाशित नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त गर्न सकिने छ ।









