एक्टिङ स्टारलाई नेपालगन्जमा स्वागत

असल शासन प्रतिनिधि

नेपालगन्ज/ रियालिटी शो एक्टिङ स्टार सिजन-१ का विजेता नविना रानाभाटलाई गृहनगर नेपालगन्जमा भब्य स्वागत गरिएको छ ।

बिजेता बनेपछी  पहिलो पटक गृहनगर नेपालगन्ज आएकी उनलाई शुक्रबार बिहान नेपालगन्जमा बधाई सहित स्वागत गरिएको हो ।

बाजागाजा सहित बिमानस्थल लिन पुगेका शुभचिन्तक र कलाकर्मीहरुले बिमानस्थलबाट नेपालगन्जसम्म पुर्र्याएका थिए ।

बाँके कला केन्द्रको अगुवाईमा नेपालगन्जका कलाकार, नागरिक अगुवा लगायतले रानाभाटको स्वागत गरेका थिए ।

नगरपरिक्रमा पछि आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्ने बक्ताहरुले नबिनाले अभिनयको माध्यमबाट बाँकेलाई देशभर चिनाएको बताए ।

कार्यक्रममा बोल्दै नपालगन्ज उपमहानगरकी निवर्तमान नगर उपप्मुख उमा थापाले अभिनयको माध्यमबाट बाँके जिल्लाबासी सहित पश्चिम नेपाललाई खुसी दिएकोमा नबिनालाई बधाई दिइन् ।

नबिनाका पिता भीम रानाभाटले नबिनालाई उपाधि दिलाउन योगदान गर्ने बाँकेबासी सहित देशभरीका दर्शक र शुभचिन्तकहरु प्रति आभार प्रकट गरे ।

बाँके कला केन्द्रका अध्यक्ष सुन्दर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार शरण कर्माचार्य, व्यबसायी कृष्ण श्रेष्ठ, पर्यटन अभियन्ता श्रीराम सिग्देललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

  • ३१ आश्विन २०८२, शुक्रबार प्रकाशित

  • Nabintech