नेपालगञ्ज/ “आउनुहोस् हराएको मानवताको खोजी गरौं “भन्ने मूल उद्देश्यका साथ स्थापना भएको मानवता नेपाल बाँकेको छैठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ ।
अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ ।
नव–निर्वाचित कार्यसमितिको अध्यक्षमा पदमा सुमन गिरी सर्बसम्मत चयन भएकि छन् । समितिको उपाध्यक्षमा खिम प्रसाद घिमिरे, सचिवमा ई. नेत्र प्रसाद सापकोटा, सह–सचिवमा खुस्बु श्रीवास्तव र कोषाध्यक्षमा अब्दुल अजिज हलवाई सर्बसम्मत भए
त्यसैगरी सदस्यहरूमा ई. विवेक लामिछाने, रमेश पाठक, तारा रोकाय, रत्ना कुमारी गिरी, बसन्ता शर्मा र शरद प्रसाद रिजाल चियन भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा लुम्बिनी प्रदेश सभासद अम्बिका काफ्ले, बिशिष्ठ अतिथि गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाह, नेपालगन्ज उपमहानगरपालिका प्रमुख मेयर प्रशान्त बिष्ट, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, बिरमी चन्द्र फाउन्डेसनका अध्यक्ष डा. डक्टप्रसाद धिताल, पुर्ण तारा फाउन्डेसनका अध्यक्ष तारा कुमारी रोकाय, गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका सचिव रमेश सिटौला, नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्ट, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष मधुसुदन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अधिवेशनमा गत वर्षको प्रतिवेदन, आन्तरिक लेखापरीक्षण, आगामी वर्षको कार्ययोजना तथा संस्थाको गतिविधि सम्बन्धी विभिन्न प्रस्तावहरू पारित गरेको जनाइएको छ ।
कार्यक्रममा सांस्कृतिक कार्यक्रम, संस्थाले गरेका कामहरूको डकुमेन्ट्री प्रस्तुत गरिएको थियो । साथै संस्थाले पूर्व भौतिक योजना तथा शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई र विभिन्न संघसंस्थामा सक्रिय रही मानवता नेपाल बाँकेशीत सहकार्य गरि काम गर्नु भएको सामुदायिक सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशीलाई सम्मान प्रदान गरेको थियो ।
मानवता नेपाल बाँकेले विगतदेखि नै सामाजिक सेवा, स्वास्थ्य, शिक्षा र मानव अधिकार संरक्षणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।









