कार्तिक २
नेपालगञ्ज / महिला तथा किसोरीहरुका लागि आज राप्तिसोनारी गाँउपालिका वडा नं २ र ३ मा बसोबास गर्ने बादी समुदायमा आज महिनावारी स्वच्छता शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

राप्तिसोनारी गाँउपालिकाका उपाध्यक्ष मनिषा सिह थारुको प्रमुख आतिथ्यतामा आयोजना गरिएको महिनावारी स्वच्छता कार्यक्रम बास नेपाल र एफ केबी यु के को संयुक्त आयोजनामा सम्पन्न गरिएको हो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष थारुले महिला तथा किशोरीहरुको स्वास्थ्यको बारेमा चासो राखी महिनावारी स्वच्छता अभिमुखिकरणका साथै निशुल्क किट ब्यग प्रदान गरेकोमा धन्यवाद दिईन् ।

किशोरी तथा महिलाहरुलाई महिनावारी स्वच्छता समबन्धि शिक्षा प्रदान गर्ने उद्धेश्यले आयोजित कार्यक्रममा बजारमा पाईने स्यानीटरी प्याडलाई प्रयोग नगरि पुन प्रयोग गर्न मिल्ने स्यानीटरी प्याडको प्रयोग गर्ने तरिकाका साथै उक्त प्याड प्रयोग गर्दा हुने आर्थिक सहायता तथा स्वास्थ्यमा हुने फाईदाहरुको बारेमा जानकारी दिईएको थियो ।
राप्तिसोनारी गाउँपालिका वडा नं २ र ३ का ७५ जना किशोरी तथा महिलाहरु सहभागीता रहेको उक्त कार्यक्रममा एफकेबी युकेका कार्यक्रम ब्यवस्थापक रमिता शाह र एजुकेशन अफिसर मिना मगरले सहजीकरण गरेको महिनावारी स्वच्छता शिक्षा कार्यक्रममा महिनावारी सम्बन्धि गाँउमा अझै पनि अन्धबिश्वाष रहेकाले त्यो अन्धबिश्वाषलाई हटाउन लाग्नुपर्ने, महिनावारी हुँदा आफ्नो स्वास्थ्यको सरसफाईमा ध्यान दिने, पोषण युक्त खानेकुरा खानुपर्ने कुराको जानकारी गराईएको थियो ।
बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्तिसोनारी गाउँपालिका निमिक्त प्रमुख प्रशासकिय अधिकृत मोहन बुढा क्षेत्री, वडा नम्बर ३ का वडा सदस्य पुन्नवा थारु,वडा नम्बर २ का वडा सदस्य दिर्घ बहादुर बुढाथोकी,बास नेपालका केन्द्रीय सदस्य बसन्ती रोकाया र बास नेपाल राप्तिसोनारी उपशाखाकाका अध्यक्ष तारा वलीको उपस्थिति रहेको थियो ।











