नेपालगञ्ज/ बरिष्ठ लोक गायक तथा सञ्चारकर्मी कमल बिके निर्माेहीको उपचार सहयोगार्थ दिपावली (तिहार) को अवसरमा तिहारका रङ्गहरु (ऋययिचक या त्ष्जबच) कार्यक्रम नेपालगञ्जमा हुने भएको छ ।
बास नेपालको आयोजनामा सो कार्यक्रम भोली भाद्र ४ गते गाई तिहारको दिन हुने भएको हो ।
रचनात्मक, साँस्कृतिक र प्रतिकात्मक सन्देश प्रबाह गर्ने उद्धेश्यले आयोजना हुने सोस्थानीय बाटिका होटेलमा दिउँसो २.३० बजे देखि हुने भएको छ ।
तिहारलाई रङ्गको पर्व मानिन्छ, हरेक रंग पहेंलो, रातो, सेतो, हरियो, बैजनी, निलोले फरक, फरक मुल्य, मान्यता माया, आशा, एकता र शान्तिको प्रतिनिधित्व गर्दछन् । बिभिन्न रंगहरु जस्तै बिबिध साँस्कृतिक गतिविधिहरु तिहारमा हुने गर्दछन् ।

उज्यालो, प्रेम र एकताका माध्यमबाट सुशासन र समृद्धिको सन्देश प्रबाह गर्ने उद्धेश्यले तिहारका मौलिक सँस्कृति र मान्यताहरुलाई प्रबद्र्धन गर्नका लागि तिहारका रंगहरु कार्यक्रम गर्न थालिएको हो ।
कार्यक्रममा सामुहिक देउसी, भैलो, रंग थिम साँस्कृतिक प्रश्तुति, नृत्य, नाटक लगायतका प्रश्तुतिहरु रहनेछन् । कार्यक्रममा प्रबेश निःशुल्क रहनेछ ।
स्थानीय फरक, फरक कला र संस्कृतिलाई एकै मञ्चबाट प्रस्तुत गरिने उक्त कार्यक्रमका सहभागिहरुले स्वस्फुर्त रुपमा आर्थिक सहयोग गर्न सक्नेछन् । सहयोगबाट संकलित रकम बरिष्ठ लोक गायक तथा सञ्चारकर्मी कमल बिके निर्माेहीको उपचार सहयोगका लागि प्रदान गरिनेछ । निर्माेही मृगौला रोगबाट पीडित भई उपचारको क्रममा छन् ।
कार्यक्रममा गायक सुनिल सिंह ठकुरी, पूर्ण थापा, महेन्द्र सेढाई, बरिष्ठ कलाकार श्यामानन्द सिंह, जित बहादुर थापा, सन्तोष सोती मगर, सुरज नेपाली, मेरो डान्स युनिभर्सका थर्ड रनर अप सुरज सिंजाली मगर, डान्सर रुबिना अधिकारी, मौसमी राना मगर, लक्ष्मी सुनार, कलाकारहरु अछामी हुड्के, सुरज नेपाली, राजेन्द्र ठकुरी र एक्टिंग स्टार नबिना रानाभाट लगायतको प्रश्तुती रहनेछ ।











