रुपन्देही । उडान शुरु भई रोकीएको थाई एशिया एयरले बैंकक भैरहवा बैंकक उडान पुनः शुरु गरेको छ ।
आईतबार बैंककबाट १७ जना यात्रुसहित एयरबस ३२० विमानले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। यसैगरी भैरहवाबाट १६२ जना बोकेर विमान बैंकक फर्किएको विमानस्थलले जनाएको छ । थाइ एयरलाइनले बैंकक–भैरहवा–बैंकक हप्तामा दुईपटक आइतबार र बुधबार उडान अनुमति पाएको जनाईएको छ ।









