दुई मन्त्रीले लिए सपथ, दुईको रोकियो

असल शासन प्रतिनिधि

काठमाण्डौं/ नवनियुक्त दुई मन्त्रीले शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
डा. सुधा गौतम र बब्लु गुप्ताले मन्त्रीको शपथ लिएका हुन् ।
डा. गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतवार बिहान मन्त्रिमण्डल विस्तारका लागि मन्त्रीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।
मन्त्रिमण्डलमा चारजनाको नाम सिफारिस भए पनि विवादका कारण दुईजनाको मात्रै आइतवार शपथ भएको हो । प्रधानमन्त्री कार्कीले गणपतिलाल श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सिफारिस गरेकी थिइन् ।
मन्त्रीमा सिफारिस भएकामध्ये खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको विवाद भएपछि शपथ रोकिएको छ । तर सुनारका अनेक काण्ड प्रमाण बाहिर आएपछि शपथ ग्रहण रोकिएको हो भने श्रेष्ठको शपथ रोकिनुको कारण खुलिसकेको छैन ।

  • ९ कार्तिक २०८२, आईतवार प्रकाशित

  • Nabintech