महेन्द्रनगर । जिल्ला कारागार कंचनपुरबाट भागेका ३८८ कैदीबन्दी फिर्ता भएका छन्।
कारागार तोडफोडपछि फरार भएका मध्ये ३७१ पुरुष र १७ महिला गरि ३८८ जना कैदी फिर्ता भइसकेको कारागार प्रशासनले जनाएको छ । जसमध्ये अझै ९९ जना फरार रहेको बताइएको छ । स्वेच्छिक रूपमा फिर्ता हुन तोकिएको समयभित्र नफर्किने कैदी तथा थुनुवामाथि कारागार ऐन, २०७९ र अन्य प्रचलित कानुनअनुसार कानुनी कारबाही गरिने तथा फरार कैदी वा थुनुवालाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्ति पनि कानुनी रूपमा कसुरदार ठहरिने र उनीहरूमाथि समेत आवश्यक कारबाही अघि बढाइने कारागारले जनाएको छ । पटक–पटक कारागार प्रशासनले स्वेच्छिक रूपमा फर्किन सार्वजनिक अपिल गरे पनि फर्कि नआएका कैदीबन्दीको खोजी र पक्राउ कार्यलाई तीव्रता दिइरहेको बताइएको छ ।









