काठमाडौँ । जेनजी आन्दोलनको क्रममा सवारी साधन माथि आगजनी र तोडफोड भएपछि पहिलो पटक अर्थ मन्त्रालयले तीन वटा सुरक्षा निकायलाई सवारी किन्न सहमति दिएको छ ।
अर्थ मन्त्रालय श्रोतका अनुसार सुरक्षा निकायका लागि २५१ वटा गाडी किन्न सहमति दिएको हो । यसरी खरिद हुने गाडीहरु ६ वटा गाडी राष्ट्रिय अनुसन्धान विभागका लागि, १७५ वटा नेपाल प्रहरीका लागि र ७० वटा सशस्त्र प्रहरीका लागि खरिद गर्ने सहमति भएको जनाइएको छ ।











