Innovative Volunteer Award-2025 का लागि आवेदन आव्हान

पुरस्कार रासी ५० हजार

असल शासन प्रतिनिधि

नेपालगन्ज । बास नेपालले Innovative Volunteer Award-2025 कालागि आवेदन आव्हान गरेको छ ।
नेपालमै बसेर स्वयंसेवा मार्फत समुदायमा योगदान दिएका नेपाली नागरिकरुको लागि ५० हजार रुपैया रासीको स्वयम् सेवक अवार्डकालागि आबेदन आव्हान गरेको हो ।
अन्तराष्टिय स्वयम् सेवक दिवसको अवसरमा प्रदान गर्ने गरी गत बर्ष देखि शुरु गरिएको यो अवार्डको दोश्रो संकरणका लागि आवेदन खुल्ला गरिएको बास नेपालले जनाएकोछ। उक्त अवार्डका लागि १६ वर्ष देखि ४० बर्ष उमेर समुहको हुनुपर्ने, समुदायमा स्वयं वा संघसंस्थामा स्वयंसेवकको रुपमा आवद्ध भई सिर्जनशील कार्य गरेको, समाजका लागि अनुकरणीय र उदाहरणीय कार्य गर्दै आएको, समाजको लागि कार्य गरे वाफत कुनै आर्थिक लाभ नलिएको, समाज सेवामा समर्पित भएको हुनुपर्ने संस्थाले जनाएको छ ।
कार्तिक १५ गते सम्म आवेदन दर्ताको समय रहेको पुरस्कार छनौट दुई चरणमा गर्ने जनाएको छ । जसमा पहिलो चरण अन्तरगत निर्णायक समितिद्धारा उत्कृष्ठ स्वयंसेवकहरुको नाम छनौट गर्ने र दोस्रो चरणमा समुदाय तथा जनस्तरबाट मतदानको आधारमा चयन गरिने जनाएको छ । पुरस्कार अन्तरगत कार्तिक १७ गते अन्तिम प्रतियोगिको नाम घोषणा, कार्तिक १८ गते देखि मंसिर २१ गते सम्म समुदायबाट मतदान, मंसिर २१ गते अन्तिम नाम घोषणा र मंसिर २४ गते पुरस्कार घोषणा र वितरण गर्ने जनाएको छ । विगतका बर्ष भन्दा यस बर्ष युवाहरुको आकर्षण र रुचि बढ्दै गएको छ ।

  • ११ कार्तिक २०८२, सोमबार प्रकाशित

  • Nabintech