मन्त्री घिसिङ भारतको नयाँ दिल्ली प्रस्थान

असल शासन प्रतिनिधि

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं सभामा भाग लिन सोमवार अपरान्ह मन्त्री घिसिङ प्रस्थान गरेका हुन्। कार्तिक १० देखि १३ गते सम्म हुने उक्त सभामा ४० भन्दा बढी देशका मन्त्री सहभागी हुने कार्यतालिका रहेको छ ।
सौर्य ऊर्जा प्रवद्र्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल तथा सहकार्यका अवसरलगायतका विषयमा उच्चस्तरीय छलफल हुने र सभामा मन्त्री घिसिङले सम्बोधन गर्ने कार्ययोजना रहेको छ । नेपाल १०१ औं सदस्य राष्ट्रको रुपमा २०८१ भदौमा आइएसएमा आवद्ध भएको थियो ।

  • ११ कार्तिक २०८२, सोमबार प्रकाशित

  • Nabintech