बास नेपालका कर्मचारीहरुलाई तनाब व्यवस्थापन तालिम

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ बास नेपालमा कार्यरत कर्मचारीहरुलाई तनाब व्यवस्थापन तालिम प्रदान गरिएको छ ।

बास नेपालकोे आयोजनामा सो तालिम सम्पन्न भएको हो ।

बास नेपालमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको सो तालिममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले प्रशिक्षण दिएका थिए ।
तनाब के हो ?, तनाबका कारणहरु, तनाबका चरणहरु, तनाबका परिणामहरु, तनाब व्यवस्थापनका उपायहरु, तनाब व्यवस्थापन पद्धति र तनाब व्यवस्थापनका लागि आबश्यक तत्वहरु बारे प्रशिक्षण दिईएको थियो ।

तालिम पश्चात सहभागिहरुले तालिम प्रभावकारी भएको बताएका थिए । तालिमबाट तनाब व्यवस्थापनका उपायहरु बारे जानकारी प्राप्त भएको बताए ।

तालिम पश्चात बास नेपालका निर्देशक हेमराज भट्ट, जनसम्पर्क अधिकृत माधव कार्की, कार्यक्रम अधिकृत रबिन्द्र बोहरा, कार्यक्रम व्यवस्थापक रमिता शाह, बरिष्ठ

सामाजिक परिचालक शोभा भण्डारी, असल शासन मिडियाका प्रबन्धक तपेन्द्र मलाती, बजार प्रतिनिधि जानकी बि.क. लगायतले प्रतिकृया मन्तव्य व्यक्त गरेका थिए ।
तालिममा १५ जना कर्मचारीहरु सहभागि थिए ।

  • १० कार्तिक २०८२, सोमबार प्रकाशित

  • Nabintech