बाँके खजुराको पेडारी नाला निर्माण हुदै

असल शासन प्रतिनिधि

नेपालगन्ज । विगत लामो समय देखि समस्याको रुपमा रहदै आएको नेपालगन्ज गुलारिया हुलाकी सडक खण्ड अन्तरगत खजुरा स्थित पेडारी नाला निर्माण हुने भएको छ ।
जिर्ण र साघुँरो पुल हुदा बाढीको समयमा उक्त नाला र आसपासका सडक डुवान हुदां आवातजावतमा निकै समस्या सिर्जना भएको थियो । नालामा पुल बन्ने भएपछि उक्त सडकखण्डबाट यात्रा गर्ने यात्रुहरु खुसी भएका छन् ।
३३ मिटर लामो, २२ मिटर चौडाई सहित ४ लेनको बक्स ब्रिज पुल निर्माण हुने नयाँ पुल पुरानो पुल भन्दा १ मिटर अग्लो र १०÷१० मिटरको ३ खण्ड पानीको निकास हुने गरी निर्माण भईरहेको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगन्जले जनाएको छ ।
कुल ८ करोड ७५ लाखमा मरायनम निर्माण सेवाले पुलको दुवै साइडको सरसफाई, रुख कटान, बिजुलीको पोल सार्ने र डाईभर्सन निर्माण गर्ने गरि ठेक्का लिएर काम गरिरहेको छ । यातायातमा अति चाप हुने उक्त सडक निर्माणको कार्य ३ महिनामा सम्पन्न गर्ने बताइएको छ । यद्धपी उक्त ठेक्काको म्याद भने २०८३ असार मसान्त सम्म रहेको निर्माण कम्पनीले जनाएको छ ।

  • ११ कार्तिक २०८२, मंगलवार प्रकाशित

  • Nabintech