राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राजीनामा दिएका छन् ।
सचिवको पारिश्रमिक, सेवा शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम मैगलबारदेखि लागू हुने गरी सचिव अर्यालले राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
अर्याल २०८० वैशाख २१ गते सचिवमा नियुक्त भएका थिए। त्यसअघि उनी संसद सचिवालयमै सहसचिवमा कार्यरत थिए।









