भेरी अस्पतालमा डायलाइसिस सेवा विस्तार

हेमराज भट्ट

नेपालगन्ज । नेपालगन्ज स्थित भेरी अस्पतालले थप चार वटा डायलाइसिस मेसिन सञ्चालनमा ल्याएको छ ।
यस अघि अस्पतालले ६ वटा मेसिनमार्फत तीन सिफ्टमा दैनिक १८ जनाको मात्र डायलाइसिस गर्दै आएकोमा सेवा विस्तारसँगै बिरामीहरुलाई सहजता मिल्ने भएको छ ।
भेरी अस्पतालले दिएको जानकारी अनुसार अब अस्पतालले १० वटा मेसिन मार्फत ३ सिफ्टमा दैनिक ३० जना बिरामीले सेवा लिन सक्ने र हाल सम्म पालो कुर्नुपर्ने समस्या धेरै हद सम्म हट्ने विश्वास अस्पतालले लिएको छ ।

  • ११ कार्तिक २०८२, मंगलवार प्रकाशित

  • Nabintech