प्रेमको शुबाश

पवनराज उपाध्याय

तिमी आँखा बन्द गर्दा, म आकाश खुल्छु,
तिमी हाँस्दा, मेरो जीवन फूल्छु।
बोल न केही, नबोले पनि बुझ्छु,
तिम्रो नयनभित्र म आफैं हराउँछु ।

बिहानीको घामजस्तै, तिमी मेरो उज्यालो,
रातीको जूनजस्तै, तिमी मेरो सगरमाथाको हालो ।
तिम्रो नाम लिँदा मन शान्त हुन्छ,
प्रेम तिम्रो गीतजस्तो, अनन्त, मधुर, मृदु छ ।

तिम्रो चिठ्ठीको हर शब्दमा सुगन्ध छ,
तिम्रो मौनतामा पनि असीम सम्बन्ध छ ।
म केही माग्दिन जीवनसँग अब,
तिमी सँगै हौ भने, बाँकी सब सपना सब ।

कहिलेकाहीँ सोच्दछु
के तिमीले पनि यस्तो महसुस गर्छौ?
मेरो नाम सुन्दा हृदय धड्कन्छौ?
रातको मौनमा मेरो यादसँग लड्छौ?
तिमी मेरो कविता हौ,
म तिम्रो अपूर्ण पंक्ति।
तिमी बिना यो जीवन
कसरी लेखुँ म पुनः प्रेमको भक्ति?

यदि कहिले समय रोक्न सक्थेँ भने,
तिमी मुस्काइरहेको त्यो पलमा रोकिन्थेँ ।
न जुन, न तारा, न फूल,
तिमी मात्र, तिमी भइ बस्थेँ ।

  • ११ कार्तिक २०८२, मंगलवार प्रकाशित

  • Nabintech