बास नेपाल डेउढाकला ईकाई बाट देउसी भैलो

भैलोबाट संकलित रकम फजुल खर्च नगरि टेण्ट, कुर्सी, टेबुल, खाना राख्ने भाँडासेट किनियो

असल शासन प्रतिनिधि

बास नेपाल डेउढाकला ईकाई बाट देउसी भैलो

कार्तिक ११ गते
नेपालगञ्ज / बास नेपाल डेउढाकला ईकाई द्धारा तिहारमा देउसीभैलो खेली संकलन गरिएको रकमबाट सामाग्री खरिद गरिएको छ ।

बाँसगढी नगरपालिका वडा नम्बर ७ मा रहेको बास नेपालको ईकाईले शुसासन स्थापनाका लागि गाँउ तथा वडामा बिभिन्न सचेतनामुलक कार्यक्रमहरु देखि आर्थिक अबस्था कमजोर भएका बालबालिकाहरुलाई सहयोग हस्तानतरण कार्यक्रम गर्दैै आएको छ ।

सोही क्रममा उक्त ईकाईका पदाधिकारी सहित राधाकृष्णटोलका युवाहरु मिलि तिहारमा देउसीभैलो कार्यक्रमको आयोजना गरिएको थियो । लक्ष्मी पुजाको दिन देखी शूरु गरिएको देउसीभैलो कार्यक्रम धेरै टाढा टाढा नगई आफ्नै गाँउ टोलमा रमाईलो गरि खेलिएको थियो ।

बास नेपालका ईकाई अध्यक्ष बिष्णुदेबी रानाको नेत्रृत्वमा मा खेलिएको देउसीभैलो कार्यक्रमको प्राबिधिक संयोजन बास नेपालका सदस्य लाल बहादुर रानाले गरेका थिए ।

स्थानिय कलालाई संरक्षण गर्दै मादल र झयाली खैचडीका साथ प्रस्तुत भएको देउसीभैलोमा सिंङ्खारु नाच, लोक भाकाका साथै दोहारी टुक्काहरु प्रस्तुत गरिएको थियो ।

हरेक दिन डिजेका ठुला ठुला आवाजमा घन्किने हिन्दी गितबाट आजित भएका स्थानिएहरु बास नेपालबाट खेलिएको देउसी भैलोको खुलेरै स्वागत गर्दथे । समाजमा हुने कुनै पनि कार्यमा प्रयोग हुने सामानहरु टेन्ट, कुर्सी, खाना पकाउने भाँडा, डिसहरु, र टेबुलहरु गाउँमा नभएर बाहिरबाट ल्याउनुपर्ने समस्याको समाधान गर्न भैली खेन्ले र भैलीबाट संकलन भएको रकमबाट उक्त समाग्री खरिद गर्ने उद्धेश्यले बास नेपालले देउसीभैलो खेलेको हो ।

संकलन भएको रकमबाट आबश्यक सामाग्री खरिद गरिएको बास नेपालका ईकाई अध्यक्ष बिष्णु रानाले बताईन् ।

२०६१ सालमा स्थापना भएको बास नेपालको डेउढाकला ईकाईले स्थापनाकाल देखीनै समाजीक काम गर्दै आएको थियो भने । पहिलो पटक २०६१ सालमा बास नेपालका सदस्यहरु मिलेर देउसी भैलो खेरी राधाकृष्ण टोलमा प्रतिक्षालय निर्माण गरेका थिए ।

गत वर्षको तिहारमा देउसीभैलो खेली राधा कृष्ण टोलमा टोलको चिनारी स्वरुप बडेमानको साईनबोर्ड बनाएर राखेका थिए ।

  • ११ कार्तिक २०८२, मंगलवार प्रकाशित

  • Nabintech