आन्दोलनरत नर्सहरुका मागप्रति इन्सेकको ध्यानाकर्षण

असल शासन प्रतिनिधि

काठमाण्डौं । आन्दोलनरत नर्सहरूसँग संवाद गरी समस्याको दिगो समाधान खोज इन्सेकले ध्यानाकर्षण गराएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डा. कुन्दन अर्यालद्धारा हस्ताक्षरित बिज्ञप्तीमा निजी स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरुको माग प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
बिज्ञप्तीमा नर्सहरुको तलब बृद्धि, श्रम अधिकार सुनिश्चितता र सम्मानजनक कार्य वातावरणको माग प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

नेपालको संविधानको धारा ३४, श्रम ऐन २०७४ र न्यूनतम तलब निर्धारण आदेश, २०८१ अनुसार न्यूनतम तलब समेत नदिनु राज्य र समाज दुबैका लागि लज्जाको बिषय भएको बिज्ञप्तीमा उल्लेख छ । आन्दोलनरत नर्सहरुसँग संबाद गरी समस्याको दिगो समाधान खोज्न इन्सेकले आग्रह गरेकोछ ।

  • १२ कार्तिक २०८२, बुधबार प्रकाशित

  • Nabintech